आदिकवि भानुभक्त क्याम्पसमा आयोजित रक्तदानमा ५१ जनाद्वारा रक्तदान

भञ्ज्याङ समाचारदाता/दमौली

गणतन्त्र दिवसको अवसरमा व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा आयोजित रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मंगलबार आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।

नेपाली सेना, क्याम्पसका प्राध्यापक र विद्यार्थीले रक्तदान गरेको स्ववियु सहसचिव सविन लामिछानेले बताए । दमौली अस्पतालमा रगतको मागलाई आपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नहुने भन्दै कार्यक्रम पुण्यको रहेको बताए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योति बोहोरा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री सूर्यचन्द्र हड्खले लगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker