जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि दुई वटा दर्ता कक्ष थपिने

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणलाई सास्ती भएपछि दुई वटा दर्ता कक्ष थप गरिने भएको छ । प्रशासन कार्यालयमा बिहान ६ बजेदेखि नै राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणको घुइँचोले सास्ती भएपछि दुई वटा दर्ता कक्ष थप गर्न लागिएको हो ।
सर्वसाधारणको बढ्दो चाप र अहिले कार्यालयमा दुई वटा मात्रै दर्ता कक्ष रहेकाले थप दुई वटा कक्ष थप गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तीन वटा कक्ष थप गर्न माग गरेकाथियौं, तर दुई वटा आउने निश्चित भयो । दुई वटा कक्षमा दुई जना कम्प्युटर अपरेटर पनि आएपछि दर्ताका लागि थप सहज हुनेछ”, उहाँका अनुसार एक/दुई दिनभित्रै उपकरण आइपुग्नेछ ।
कार्यालयम हाल दुई वटा विवरण दर्ता कक्षमार्फत परिचयपत्रको फारम भरिँदै आएको छ । उक्त दुई वटा दर्ता कक्षको दैनिक क्षमता ८० भए पनि अहिले एक सय २० जनालाई सेवा दिइएको छ । उहाँले भन्नुभयो, “तर कार्यालयमा तीन÷चार सयको भीड छ, सबैलाई सेवा दिन सकिएको छैन । जसले सर्वसाधारणलाई सास्ती भएको छ ।”
दुई वटा कक्ष थपिएपछि चार वटा कक्ष हुने र दिनमा दुई सय ५० भन्दा बढीलाई सेवा दिन सकिने गौतमको भनाइ छ । सेवाग्राहीको अत्यधिक भीड बढेपछि कर्मचारीलाई अतिरिक्त भत्ता दिने गरी बिहान ७ देखि साँझ ७ बजेसम्म काममा खटाइएको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यति हुँदा पनि भिड थामिनसक्नु भएको छ । जनताले सास्ती पाएको बारेमा सञ्चारमाध्यममा पनि समाचार आएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशकसँग उपकरणसहित जनशक्ति थप गर्न माग गरेका हो ।”
सामाजिक सुरक्षा भत्ता लिने सबैले राष्ट्रिय परिचयपत्र दर्ता अनिवार्य गरिएपछि कार्यालयमा भीड बढ्दो अवस्थामा रहेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “तनहुँमा यसको यकिन सङ्ख्या कति हो त्यसबारेमा तथ्याङ्क सङ्कलन गर्दैछौँ, त्यसो हुँदा कति दिनमा सबैको दर्ता गर्न सकिन्छ भन्ने विवरण आउँछ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker