सिन्धुका बाललिकालाई विद्यालय पोशका र फलफूल

दमौली : तनहुँको व्यास–५ साँगे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका बौद्धिक अपाङ्गता भएका १८ जना बालबालिकाहरुलाई विहीबार विद्यालय पोशाक र फलफूल वितरण गरिएको छ । मे १ अर्थात् श्रमिक दिवसको अवसरमा बालबालिकाहरुलाई पोशाक र फलफूल वितरण गरिएको हो ।
माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँकी अध्यक्ष कल्पना गौली र संस्थाकी संस्थापक अध्यक्ष सावित्री श्रेष्ठ लगायतकाले ति बालबालिकाहरुलाई ट्रयाकसुट र फलफूल वितरण गरेका हुन् ।
उनीहरुले २२ हजार रुपैया बराबरको विद्यालय पोशाक उपलब्ध गरेको विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले जानकारी गराए ।










