पत्रकार कल्याणकारी कोषमा घिमिरेद्वारा आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

म्याग्दे गाँउपालिका-३ धयरे घर भई हाल व्यास-२ दमौलीमा व्यवसाय गर्दै आएका रमेश घिमिरेले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग उपलब्ध गराएका छन् । घिमिरेले कोषका लागि ५ हजार १ सय रुपयाँ सहयोग गरेका छन् ।
व्यास-२ सफासडकमा पुष्पाञ्जली किराना पसल संचालक घिमिरले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफुले सहयोग गरेको बताए । महासंघ तनहुँ शाखाको १२औं साधारणसभाबाट पारित गरिएको निर्णयानुसार कल्याणकारी कोष स्थापना अभियान चलाएको छ ।










