डा. केसीको जीवनरक्षाका लागि हस्ताक्षर संकलन

भञ्ज्याङ समाचारदाता दमौली

चिकित्सा क्षेत्रमा सुधारका लागि भएको सम्झौता कार्यान्वयनको माग राख्दै आमरण अनशन बसिरहेका चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दमौलीमा हस्ताक्षर संकलन गरिएको छ । स्कूल अफ डेमोक्रेसी संस्थाले दमौली अनशन चोकमा संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी सागर आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाइएको हो ।

संस्थाले सोमबार दिउँसो ३ बजेबाट करिब एक घण्टा हस्ताक्षर संकलन गरेको थियो । केसीको जीवन नै संकटमा पर्ने अवस्था आउँदा पनि सरकार उनको माग पुरा गर्न गम्भीर नबनेकाले दबाबस्वरुप हस्ताक्षर अभियान संचालन गरिएको संस्थाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker