आदिकवि भानुभक्त क्याम्पसमा ७८ पिन्ट रगत संकलन

दमौली : विश्व रेडक्रस दिवसको अवसरमा आदिकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलले आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत संकलन गरिएको छ ।
नेरेसो क्षेत्रीय रक्त सञ्चार केन्द्र चितवनको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले रगतको विकल्प नभएकाले सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरे ।
रेडक्रस सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा नेरेसो गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल, नेरेसो तनहुँका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, स्ववियु अध्यक्ष अनुप आले मगरलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker