रोटर्‍याक्ट क्लव अफ दमौलीको पदस्थापना

रोटर्‍याक्ट क्लब अफ दमौलीको २२औं पदस्थापना गरिएको छ । पदस्थापनासँगै रोटर्‍याक्ट क्लब अफ दमौलीको वर्ष २०२४–२५ का अध्यक्ष रवि अधिकारीले पदभार ग्रहण गरेका छन् ।
कार्यक्रममा वर्ष २०२३–२४ का अध्यक्ष अनुज बिमलीले वर्ष २०२४–२५ का अध्यक्ष अधिकारीलाई सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन् । साथै अध्यक्ष अधिकारीलाई कार्यक्रमका निवर्तमान अध्यक्ष बिमलीले कोलार लगाइदिएका थिए भने ग्याभल तथा हमर, चार्टर सर्टिफिकेट पुर्वअध्यक्षले हस्तान्तरण गरेका थिए ।
अध्यक्ष अधिकारीलाई असिस्टेन्ट डिष्ट्रिक रोटर्‍याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले सपथ गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष अधिकारीले सपथ ग्रहण गराएका थिए । साथै ६ जना नयाँ सदस्यहरुलाई रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटान जोन १५ का जेडआरआर रोशन खतिवडाले सपथ खुवाएका थिए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले युवा र समाजमा क्लबले उल्लेख कार्य गरेको बताए । नगरपालिकाले पनि क्लबलाई निरन्तर सहयोग गर्दै आएको उनले बताए ।
कार्यक्रममा रोट¥याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानका असिस्टेन्ट डिष्ट्रिक रोट¥याक्ट रिप्रिजेन्टेटिभ विश्व दर्शन पराजुलीले स्वार्थरहित सामाजिक सेवामा लाग्दा आत्मसन्तुष्टि मिल्ने गरेको बताए । साथै रोटर्‍याक्ट डिष्ट्रिक ३२९२ नेपाल र भुटानको कार्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष अधिकारीलाई उनले आग्रह गरे ।
त्यस्तै रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठले समाजको आवश्यकता बुझेर निरन्तर सामाजिक सेवामा रोटर्‍याक्ट दमौली लागेको बताए। पदभार ग्रहण गर्दै अध्यक्ष अधिकारीले रोटर्‍याक्ट क्लव अफ दमौलीले यस वर्ष अगाडि सारेका योजनाको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, वातावरण लगायतका कार्यक्रमलाई बढी प्राथमिकता दिने जानकारी दिए । एउटा प्रतिष्ठित संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएको बताउदै अधिकारीले आफ्नो कार्यकालमा क्लवमा उत्कृष्ट र रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाए ।
सोही अवसरमा निवर्तमान अध्यक्ष अनुज बिमलीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए । सोही अवसरमा रोटर्‍याक्ट क्लब अफ दमौलीको नियमित प्रकाशन रोट¥याक्ट कोसेली डायरीको विमोचन गरिएको थियो । यस्तै कार्यक्रममा ३ जना विद्यार्थीलाई अध्ययनको लागि क्लबले सहयोग गरेको थियो । ३ जना विद्यार्थीलाई पछि सहयोग गर्ने क्लबले जनाएको छ ।
बसन्त आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत मुस्कान थापा, सर्वज्योती माविको कक्षा ५ मा अध्ययनरत झरना डाँगी र वेदव्यास आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत इशान परियारलाई स्टेशनरी, विद्यालय पोशाक सहित नगद एक हजार पाँच सयका दरले सहयोग गरिएको क्लबले जनाएको छ । साथै क्लबले सो अवसरमा ४ वटा परिवारको २२ जनाको स्वास्थ्य बिमा समेत गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker