ब्राम्हण समाज तनहुँमा पाण्डे निर्वाचित
भञ्ज्याङ समाचारदाता/दमौली

ब्राम्हण समाज तनहुँको अध्यक्षमा कृष्णचन्द्र पाण्डे निर्वाचित भएका छन् । समाजको शनिबार दमौलीमा सम्पन्न अधिवेशनले पुनः पाण्डेकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा मदनप्रसाद पण्डित, सचिव कृष्णहरि गैह्रे, कोषाध्यक्ष गंगाप्रसाद पोख्रेल, सहसचिव लक्षिमादेवी घिमिरे खनाल चयन भएका छन् ।
यस्तै, समाजको सदस्यहरुमा प्रदीप घिमिरे, राजेन्द्र वाग्ले, विष्णुहरि लम्साल, भानुभक्त पण्डित, नारायणप्रसाद पौडेल, दिनानाथ पौडेल, दिव्यदेव पौडेल, नारायण घिमिरे, महाप्रसाद न्यौपाने, गोविन्दराज पन्त, रामकृष्ण पौडेल, निर्मला भण्डारी खनाल, मेनका रिमाल कडेल र लक्ष्मी न्यौपाने चयन भएको बताइएको छ ।
उक्त अधिवेशनको बाहृमण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा. नारायणप्रसाद अधिकारीले उद्घाटन नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए ।










