होटलमा संगै बसेका साथीहरु बीच विवाद हुँदा सुन सहित व्यासका ३ र भरतपुरका १ जना पक्राउ

तनहुँ : इलाका प्रहरी कार्यालय मुग्लिङले ठूलो परिमाणमा सुनसहित चार जनालाई पक्राउ गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारमा रहेको भागीरथी होटलमा बसेका व्यक्तिहरूबीच विवाद भएको जानकारी पाएपछि प्रहरीले छापा मारी चोरीको गहनासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव उपरीक्षक द्वारिका खवासको नेतृत्वमा खटिएको टोलीले होटलको कोठाबाट चोरीको आशंकामा विभिन्न गरगहना सहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तनहुँको व्यास नगरपालिका–२ का १९ वर्षीय विशाल थापा, व्यास–६ की १८ वर्षीया सरिता परियार, व्यास–२ की ३४ वर्षीया साहिदा खान र भरतपुर महानगरपालिका–१० का ३० वर्षीय रवि विक रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट मिनी सेफ, लगेज, लेडिज झोला तीन वटा, क्रिस्टल माला, दुई थान घडी, बराही सुनचाँदी पसल लेखिएको खोलभित्र रहेको थैलीमा तीन दाना मुगा माला, रातो–पहेलो बक्समा रहेको मुगा, यिउ र सुनजस्तो धातुबाट बनेको कण्ठी, नौ गेडी भएको नौगेडी माला, छड्के तिलहरी, विभिन्न पसलका नाम अंकित बट्टा, औँठी, टप, चन्द्रमा, बाला, मंगलसूत्र लगायतका सुनजस्तो देखिने गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ । प्रहरीले उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker