जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा चालु आवको कार्यप्रगति सार्वजनिक

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको हालसम्म सम्पादन गरेका कार्यप्रगित सार्वजनिक गरेको छ । कार्यालयले विहीबार पत्रकार अन्तरक्रिया कर्याक्रम गरी चालु आर्थिक वर्षमा नागरिकता वितरण, राहदानी आवेदन, वैदेशिक रोजगार परामर्श, विपद् व्यवस्थापन, बजार अनुगमन, उपभोक्ता सचेतना र विभिन्न सेवा प्रवाहका विषयमा भए गरेको विवरण सार्वजनिक गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले साउनदेखि चैत महिनासम्म जिल्लामा प्रदान गरिएका सेवाहरूको सम्पूर्ण विवरण सार्वजनिक गरे । नागरिकता वितरणतर्फ १३ हजार ५४ रहेकोमा यसमध्ये नयाँ नागरिकता ५ हजार ७८२, प्रतिलिपि नागरिकता ७ हजार २४०, वैवाहिक अंगिकृत ८, र गैरआवसीय नागरिकता २४ रहेको उनले जानकारी गराए ।
यस्तै, राहदानी आवेदन ९ हजार १४३ दर्ता भएको छ भने ४४८ नाबालक परिचयपत्र वितरण गरिएको छ । वैदेशिक रोजगारीका लागि १० हजार २६ जनाले परामर्श सेवा लिएको सहायक प्रजिअ भण्डारीले जानकारी गराए ।
उनका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगिमा परेका २४ जनाको ५४ लाख २ हजार रकम फिर्ता गराइएको र दुर्घटनामा परेकाहरुलाई ४ करोड २१ लाख १९ हजार २५६ रुपैयाँ सहजीकरण गरिएको छ ।
गुनासो व्यवस्थापनतर्फ कार्यालयले सञ्चालनमा ल्याएको क्यूआर कोड प्रणालीमार्फत प्राप्त उजुरीहरूको फस्र्योट अन्तर्गत कार्यालयले १०४ उजुरीमध्ये २४ वटा सफलतापूर्वक समाधान गरेको र बाँकी ८० उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको उनले जानकारी गराए ।
यस्तै, बजार अनुगमनमा जिल्लाभरका विभिन्न व्यवसाय, होटल, उद्योग र पसलहरूको अनुगमन गरिएको थियो । उपभोक्ता हित विपरीत कार्य गर्ने ७ वटा फर्मलाई कारबाही गरी ३५ हजार रुपैयाँ जरिवाना गराइएको थियो। यसका साथै, बजार अनुगमनका क्रममा विभिन्न अखाद्य वस्तुहरू पनि जफत गरिएको सहायक प्रजिअ भण्डारीले जानकारी गराए ।
जिल्लाका ८५ वडामा नागरिकताको अनलाइन सिफारिस सेवा सञ्चालनमा ल्याइएको जानकारी गराउँदै उनले संचारकर्मीहरूलाई सेवाको प्रभावकारिता अभिवृद्धि गर्नका लागि निरन्तर सुझाव दिन आग्रह गरे ।
यस्तै, हालै मात्र सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पेशागत व्यावसायिकतालाई ध्यानमा राखेर काम गर्ने बताएका छन् । बिहीबार कार्यालयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै प्रजिअ अधिकारीले सहकार्यबाट उपलब्धिमूलक काम हुने भएकाले सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
राज्य सञ्चालन गर्ने राजनीतिक दलले भएको बताउँदै उनले राजनीतिक दलका सबै नेताहरुप्रति श्रद्धा र सम्मान भएको बताए । काम गर्ने सिलसिलामा प्रचलित कानुनले तोकेका कामहरु गर्ने बताउँदै उनले शान्तिसुरक्षा कायम, अपराध न्यूनीकरण पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
अधिकारीले सेवा प्रवाहलाई सरल र सहज बनाउने बताउँदै विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker