ग्यारेजमा फलामको डण्डी प्रहारबाट आँवुखैरेनीमा भारतीय नागरिकको मृत्यु

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित एक ग्यारेजमा फलामको डण्डी प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा भारतको मोतिहारी जिल्ला घर भई हाल आँबुखैरेनी–३ चिसापानीस्थित सोही ग्यारेजमा काम गर्दै आएका ५० वर्षीय लालवचन शाह रहेका छन्।

प्रहरीका अनुसार भारतको बेतिया जिल्ला घर भई सोही ग्यारेजमा काम गर्दै आएका ३२ वर्षीय जावेद आलमले मादक पदार्थ सेवन गरी शाहमाथि फलामको डण्डी प्रहार गरेका थिए। डण्डी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेपछि शाहलाई उपचारका लागि आँबुखैरेनी अस्पताल, तनहुँ पठाइएको थियो।

तर, अस्पताल पुर्‍याइएका शाहलाई चिकित्सकले राति ८ बजेर ३५ मिनेटमा मृत घोषणा गरेका थिए।

घटना लगत्तै आलम घटनास्थलबाट फरार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा उनलाई आँबुखैरेनी गाउँपालिका–३ भित्री बजारबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका आलमलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ। घटनाको कारण, घटनाक्रम तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker