विपद्जन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि व्यासमा बजेट विनियोजन

तनहुँको व्यास नगरपालिकाले विपद्जन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि बजेट विनियोजन गरेको छ । नगर कार्यापालिकाको बुधबार सम्पन्न बैठकले आवश्यक सामाग्रि खरिदका लागि साढे एघार लाख बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।

विद्यमान समयमा विपदजन्य घटनाक्रम बढिरहेकाले विपदजन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि विपद् कोषबाट खर्च हुने गरी साढे एघार लाख बजेट विनियोजन गरिएको नगर प्रवक्ता एवं वडाअध्यक्ष सुरेश थापाले जनाकारी गराए ।

कार्यपालिका बैठकले नगरपालिकाको जग्गा वर्गीकरण प्रतिवेदन अनुमोदन गरी स्थानीय राजपत्रमा वर्गीकरण विवरण प्रकाशित गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता थापाले जानकारी दिए । नगरपालिकाको सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्ति गर्नका लागि बाँकी केही सामुदायिक विद्यालयहरूमा प्रक्रिया पूरा गरी सिफारिस भइ आएकाले अनुमोदन गर्ने निर्णय गरेको उनको जनाए ।

यस्तै, आगामी जेठ ८ गते कोइराला फाउण्डेशनको आयोजनामा हुन गइरहेको ‘समावेशी प्रतिनिधित्व, नीति निर्माण र कार्यान्वयन’ विषयक कार्यक्रमका लागि व्यास नगरपालिकाले आफ्ना प्रतिनिधि पठाउने निर्णय गरेको छ । कार्यक्रममा संघीय सांसद, प्रदेश सांसद, जिल्लास्तरीय जनप्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, नीति आयोगका पूर्व उपाध्यक्ष डा. सुरेश कँडेल, शिक्षा तथा प्रशासन विज्ञ डा. सुवास पोखरेल, तथा प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे लगायतले नगरपालिकाले स्थानीय तहमा नीति निर्माणका पक्षमा सशक्त भूमिका निर्वाह गर्ने उद्देश्य राखेको जनाएको थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker