मुग्लिन–पोखरा सडक विस्तार : मर्स्याङ्दी जलविद्युत केन्द्र जोगाउन पृथ्वीराजमार्ग सडक परिवर्तन गरिने

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डको आँवुखैरेनी–मुग्लिन खण्डमा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्र भन्दा केही माथिबाट करिब ७ किलोमिटर सडक घुमाएर मुग्लिन लगिने भएको छ । मुग्लिनदेखि पोखरातर्फ जाँदा बाटोमा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको सुरक्षाका लागि त्यहाँ सडकको डिजाइन र स्थान परिवर्तन गर्न लागिएको हो ।
भुवनटारवाट मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पूर्वतर्फको गोरखाको पहाडमा राजमार्ग निर्माण हुने छ । पुल पार गरेर फेरि सडक मुग्लिन बजारमा जोडिने भएको छ । सडक आयोजनाका निर्देशक चुडाराज ढकालका अनुसार मुग्लिनदेखि ४ किलोमिटर उत्तर (पोखरा जाने सडकमा पर्ने)मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको सुरक्षाका लागि राजमार्गको करिब ७ किलोमिटर क्षेत्र पल्लो डाँडाबाट नयाँ सडक निर्माणको काम सुरु हुने भएको छ । जलविद्युत्को सुरक्षाका लागि त्यहाँ राजमार्ग घुमाउनु परेको हो ।
जलविद्युत् केन्द्र छल्न त्यहाँ बाटो परिवर्तन गर्न परेको ढकालले जानकारी दिए । अहिले चालु बाटोभन्दा पूर्वतर्फको डाँडैडाँडा नयाँ सडक निर्माणको काम सुरु हुने भएको हो। जलविद्युत् केन्द्र भन्दा ४/५ सय मिटर उत्तर (आँबुखैरेनी तर्फबाट) मर्स्याङ्दी नदीमा पुल निर्माण गरेर पल्लो डाँडामा ४ लेनको (दुई/दुई लेनको) सडक निर्माण हुने छ ।
‘त्यो सडक मुग्लिनमा आएर जोडिन्छ’, ढकालले भने, ‘दुबै स्थानमा आर्क डिजाइनका २ वटा नयाँ पुल निर्माण गरिने छ ।’ ४ अर्ब लागतमा करिब ७ किलोमिटर राजमार्ग र २ वटा पुल निर्माण हुने छ । मुग्लिनमा हाल रहेको पक्की पुल भन्दा केही उत्तर पूर्वबाट मुग्लिन बजारमा त्यो सडक सञ्जाल जोडिने छ ।
जलविद्युत् केन्द्र हुँदै हाल सञ्चालनमा रहेको राजमार्ग फराकिलो पार्न नमिल्ने भएका कारण त्यहाँ करिब ७ किलोमिटर सडक पूर्वतर्फको डाँडाबाट लैजान परेको हो । जलविद्युत् केन्द्रको क्षेत्रमा सडक विस्तार गर्दा विद्युत् गृहलाई असर पर्न सक्ने जोखिम भएकाले त्यो क्षेत्रमा सडक घुमाएर मुग्लिन लैजान परेको ढकालले बताए । मुग्लिन पोखरा सडक ९० किलोमिटर लामो छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker