क्षेत्री समाज नेपाल आँबुखैरेनीको अध्यक्षमा सुमन बगाले चयन

आँवुखैरेनी : क्षेत्री समाज नेपाल आँबुखैरेनीको पालिकास्तरीय बृहत् भेला तथा प्रथम अधिवेशन शनिबार सम्पन्न गरिएको छ। उक्त अधिवेशनले सुमन बगालेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नवगठित कार्य समितिको उपाध्यक्षद्वयमा लक्ष्मण थापा क्षेत्री र बिमला कुँवर चयन भएका भने, सचिवमा प्रताप बाबु थापा क्षेत्री, सह–सचिवमा सृजना थापा र कोषाध्यक्षमा राहुल के.सी. चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरूमा रामशरण के.सी., श्याम के.सी., बाबुराम देवकोटा, तार्जन बगाले, गोबर्द्धन कार्की, रजनी चुमान, बिष्णु घिमिरे क्षेत्री, गौरी कार्की, सृजना के.सी., गोपाल थापा र मालती अधिकारी रहेको बताइएको छ ।
क्षेत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिब बहादुर थापा क्षेत्री प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा समाजको संगठनात्मक सुदृढीकरण, स्थानीय तहमा समुदायको सहभागिता तथा सामाजिक सद्भाव प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker