स्रोत नखुलेको करिब १२ लाख नगदसहित तनहुँबाट दुई जना पक्राउ

स्रोत नखुलेको करिब १२ लाख नगदसहित तनहुँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी छन् ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेका उनीहरुलाई ब्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।

उनीहरु ११ लाख ६५ हजार नगद लिएर बा.५७ प ७५०६ नम्बरको मोटरसाइकलमा पोखरातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker