म्याग्देका विद्यालयमा दिवा खाजा कार्यक्रम लागू

तनहुँको म्याग्दे गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरिएको छ । दिवा खाजा सेवा लागु गरेपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेका छन् । सङ्घीय सरकारको आर्थिक सहयोगमा बालविकास केन्द्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको सङ्ख्या बढेको हो ।

दिवा खाजामा पौष्टिक आहारसहितको व्यवस्था गरिएकाले कुपोषण हुने बालबालिकाको सङ्ख्यामा कमी आएको म्याग्दे शिक्षा शाखाका अधिकृत विष्णुखत्री क्षेत्रीले बताए ।

“विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यालय नजाने र गएका पनि बीचमै छाडेर हिड्ने प्रवृत्ति पनि रोकिएको छ”, उनले बताए । उनका अनुसार गाउँपालिकाभित्र रहेका २२ वटा विद्यालयमा एक हजार ७२८ जना बालबालिका दिवा खाजा कार्यक्रममा समावेश भएका छन्।

चालु आर्थिक वर्षका लागि दैनिक रु १५ का दरले एक सय ८० दिनका लागि रु ५० लाख ८७ हजार खर्च हुने अनुमान गरिएको शिक्षा अधिकृत क्षेत्रीले बताए । म्याग्दे–२ स्थित राधा मावि र वडा नं ४ स्थित मिन माविले अन्य विद्यालय तुलनामा कम खर्चमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने सन्देश दिएको उनले बताए ।

“धेरै विद्यार्थी रहेका ती दुई विद्यालयले थोरै बजेटमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्”, उनले भने, “ती विद्यालयको गतिविधि र योजना अन्यले पनि सिक्नुपर्ने आवश्यक छ ।”

दुई विद्यालय गाभिए

चालु आर्थिक वर्षमा जिल्लाका दुई वटा विद्यालय गाभिएका म्याग्दे शिक्षा शाखाले जनाएको छ । म्याग्दे–७ स्थित बेदकालिका आधारभूत र म्याग्दे–४ मा रहेको जनप्रकाश आधारभूत विद्यालय विद्यार्थी सङ्ख्या शून्य भएपछि गाभिएको हो ।

बेदकालिकालाई सोही वडास्थित मिलीजुली आधारभूत विद्यालयमा र जनप्रकाशलाई मिन माध्यमिक विद्यालयमा गाभिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनका अनुसार पालिकाभित्र मावि तह छ, कक्षा १–८ सम्म चार र कक्षा १–५ सम्म १२ गरी २२ विद्यालय छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker