तनहुँ समाज हङकङद्वारा बिरामीलाई रु पाँच लाख २५ हजार सहयोग

दमाैली । तनहुँ समाज हङकङले विभिन्न रोगबाट पीडित भएकाहरुलाई रु पाँच लाख २५ हजार आर्थिक सहयोग गरेको छ । रोजगारीका सिलसिलामा हङकङमा रहेका तनहुँवासीहरुबाट सङ्कलित रकम शुक्रबार दमौलीमा आयोजित एक कार्यक्रमका बीच पीडितलाई हस्तान्तरण गरिएको छ ।

समाजले मिर्गौला पीडित ऋषिङ गाउँपालिका–६ बस्ने पदमबहादुर आले, मिर्गौला पीडित म्याग्दे गाउँपालिका–१ बस्ने गुम राना र पिसाब सम्बन्धी समस्याबाट पीडित ऋषिङ गाउँपालिका–७ बस्ने कर्णबहादुर थापालाई जनही रु एक लाख ७५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

नेपाल पत्रकार महासङ्घ तनहुँको सभाहलमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुवित गुरुङ, पूर्व अध्यक्ष भीमराज गुरुङ, पूर्व अध्यक्ष जङ्गबहादुर थापाले पीडितहरुलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

समाजमा आबद्ध ५३ जनाबाट स्वेच्छिक रुपमा उक्त रकम सङ्कलन गरिएको समाजका उपाध्यक्ष सुवित गुरुङले जानकारी दिए । पीडितका बारेमा जानकारी पाएपछि उपचारमा सघाउन वरिष्ठ उपाध्यक्ष रोशन गुरुङको संयोजकत्वमा रकम सङ्कलन अभियान सञ्चालन गरिएको उनले बताए ।

समाजमा चार सय तनहुँवासी आजिवन सदस्यका रुपमा आबद्ध छन् । सोही सदस्यबाट रकम सङ्कलन गरी जिल्लाका विभिन्न रोगबाट पीडित, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा समाजले सहयोग गर्दै आएको समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले जानकारी दिए ।

२६ वर्ष अगाडी स्थापना भएको समाजले जिल्लामा भूकम्पपछिको पुर्ननिर्माण, बाढीपहिरा जस्ता दैवि प्रकोपबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार विकास तथा पत्रकारिता प्रबद्र्धनमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पत्रकार प्रदीप काफ्लेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker