तनहुँको म्याग्दे गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्देमा महाशिवरात्रिको अवसरमा नव पसले युवा क्लवले म्याग्दे गाउँपालिका स्तरीय खुल्ला डवल्स दोर्सो नव पसले व्याडमिन्टन कप २०७८ सम्पन्न गरेको छ । पसले आधारभुत विद्यालय म्याग्दे-३ मा संचालन भएको म्याग्दे गाउँपालिका स्तरीय सो खेलमा १७ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम थर्पु व्याडमिन्टन क्लवका रमेश श्रेष्ठ, कामन थापा, द्वितीय नव पसले युवा क्लवका सोभियत परियार, सुनाम श्रेष्ठ र म्याग्दे गाउँपालिकाबाट दिपक श्रेष्ठ, प्रदिप न्यौपाने तृतीय भएका छन् । नव पसले युवा क्लवका अध्यक्ष आशिष श्रेष्ठका अनुसार प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेताहरुलाई पुरस्कृत गर्दै म्याग्दे गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्याडमिन्टन खेल स्वास्थ्यका लागि प्रभावकारि भएको बताए । खेल प्रतियोगिता आयोजना हुँदा युवाहरूमा भएको प्रतिभा उजागर हुने बताउदै उपाध्यक्ष घिमिरेले भने, ‘गाउँपालिकाले खेलकुद कार्यक्रमलाई प्रथमिकता दिएको छ ।’

क्लवका अध्यक्ष श्रेष्ठका अनुसार ३४ खेलाडी मध्ये उत्कृष्ट खेलाडी म्याग्दे गाउँपालिकाका कर्मचारी प्रदिप न्यौपाने र म्याच अफिसल दिपक कुमार श्रेष्ठलाई छनोट गरी ट्रफी प्रदान गरिएको बताए । क्लवले व्याडमिन्टन प्रतियोगिता, सरसफाई, जनचेतना, तालिम लगायतका कार्यक्रम गर्ने गरेको अध्यक्ष श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker