नवौं छपेली कप फुटबल प्रतियोगिताको उपाधि विमलनगरको सिद्धगुफाले जित्यो

डिपि अधिकारी/डुम्रे

तनहुँको बन्दीपुर गाउँपालिका-१ छापमा सञ्चालित नवौं छपेली कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफाले जितेको छ ।

गत पौष २० गतेबाट सञ्चालन गरिएको प्रतियोगिताको सोमबार भएको फाईनल खेलमा निर्धारित समय अवधिभर आयोजक छपेली युवा क्लब ए र बन्दिपुर-४ बिमलनगरस्थित सिद्धगुफा युवा क्लवले समान २-२ गोल गरेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो । पेनाल्टि सुट आउटमा ३-१ गोल अन्तरले सिद्धगुफा विजेता बनेको हो ।

प्रतियोगिताको आईतबार भएको पहिलो सेमिफाईनलमा सिद्धगुफा युवा क्लवले १७ वर्षमुनिका खेलाडी आवद्ध रहेको छपेली क्लवलाई हराएपछि सिद्धगुफाले फाईनलको यात्रा तय गरेको थियो । आयोजक छपेली ए ले न्यू बुद्धलाई हराउँदै फाईनलमा पुगेको थियो ।

च्याम्पियन बनेसंगै सिद्धगुफाले एक लाख २५ हजार १२५ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता आयोजक छपेलीले ६१ हजार ६१ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेको अध्यक्ष विजय रानाले जानकारी दिए ।

यस्तै, भेट्रन्स तर्फ काहुँ मिलन युवा क्लब झापुटार पहिलो बनेको छ । सोमबार भएको फाईनल खेलमा चाम्बास युवा क्लबलाई ४-० को फराकिलो अन्तरले हराउँदै काहुँ मिलन पहिलो बनेको हो । काहुँ मिलनले पहिलो पुरस्कार भेंडा प्राप्त गरेको छ भने दोस्रो बनेको चाम्बासले बोका पुरस्कार प्राप्त गरेको छ ।

सेमिफाइनल पुग्न सफल छपेली अण्डर सेभेन्टिन र न्यूबुद्धले नगद १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडी आयोजक छपेलीका सलिन तामाङ्ग, र्सवाधिक गोलकर्ता सिद्धगुफाका राम थापालाई जनहि नगद २ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो ।

बन्दीपुर-१ छाप खेल मैदानमा सोमबार भएको फाईनल प्रतियोगितामा गण्डकी प्रदेशकी सामाजिक बिकास तथा स्वस्थ्य मन्त्री शुसिला सिंखडाले सम्बोधन गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्न स्थानीय क्लबहरुको महत्वपूर्ण भूमिका रहने बताइन् ।

उनले भनिन्, ‘तनहुँमा खेलका गतिविधिहरु सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्दै आईरहको र आगामी दिनहरुमा पनि सहयोग गर्न लागि पर्नेछु ।’ कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, निवर्तमान अध्यक्ष पूर्णसिंह थापा, वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

‘सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगिता दुइ विधामा खेलाइएको आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष रानाले बताए । क्लवले स्व. बाबुराम पाटा र स्व. लालबहादुर पाटा मगरको स्मृतिमा प्रत्येक वर्ष माघे संक्रान्ति पर्वलाई लक्षित गरी फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker