चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको ज्यान गयो

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणमा परी ६ वर्षीय बालकको ज्यान गएको छ ।

सोमबार साँझ करिब ७ः३० बजेको समयमा आफ्नै घरको आँगनमा बसिरहेको बेला चितुवाले आक्रमण गर्दा दल बहादुर गुरुङका ६ वर्षीय छोरा उत्सवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी गराए ।

चितुवाको आक्रमणमा परी गम्भिर घाइते भएका बालकको तत्काल उपचारका लागि बन्दिपुर अस्पताल लगिएकोमा चिकित्सकले उनको मृत्यु भएको घोषण गरेका थिए ।

तनहुँमा चितुवाको निसानमा बालबालिका पर्दै आएका छन् । जिल्लाको भानु, व्यास, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर, आँवुखैरेनी गाउँपालिकामा चितुवा आतंक देखिएको छ । चितुवाको आक्रमणबाट तनहुँमा करिब ६ वर्षको अवधिमा १४ जना बालबालिकाको ज्यान गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker