भानुको बसन्तपुरस्थित थानीमाइमा २३ फूलको डोली चढाइयो
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा वैशाखको अन्तिम मंगलबार २३ वटा फूलको डोली चढाइएको छ। तनहुँ, लमजुङ, गोरखा र चितवन लगायतबाट आएका भक्तजनले मन्दिरमा २३ वटा फूलको डोली चढाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मंगलबार दुइ हजार एक सय भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी गराए । यस्तै, मन्दिरमा सोमबार राति ५५ जना भक्तजनले जागाराम बसेर बत्ती बालेको अध्यक्ष थापाले बताए ।
भक्तजनले सोमबार घरमा सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।










