तनहुँका होटल व्यवसायीलाई रेष्टुरेन्ट एण्ड बार स्ट्यान्डर्ड म्यानेजमेन्ट तालिम
भञ्ज्याङन्यूज/दमौली

क्षेत्रीय होटल संघ तनहुँले रेष्टुरेन्ट एण्ड बार स्ट्यान्डर्ड म्यानेजमेन्ट तालिम दमौलीमा सञ्चालन गरेको छ । होटल एसोसिएसन नेपाल हानका केन्द्रीय महासचिव साजन शाक्यले शुक्रबार तालिमको शुभारम्भ गर्दै सिकेको सीप व्यवहारमा उतार्नुपर्ने बताए ।
‘होटलमा आउने पाहुनालाई कसरी स्वागत गर्ने, कस्तो व्यवहार गर्ने, कस्तो र्सर्भिस दिने र सरसफाइमा कसरी ध्यान दिने भन्ने लगायतका विषय तालिममा सिकाइने छ’, उनले भने, ‘होटल व्यवसायलाई व्यवस्थित बनाउन र पाहुनालाई आकषिर्त गराउन यो तालिम उपयोगि बन्ने छ ।’
कार्यक्रममा व्यास-२ का अध्यक्ष काशीराम श्रेष्ठले आँफु जनप्रतिनिधि भएको ७ बर्षहुन लाग्दा बल्ल यस किसिमको तालिम भएको पाएको बताए । तालिमले तनहुँका होटलहरूमा काम गर्ने ब्यक्तिहरूलाई कस्तो खालको व्यबहार गर्नुपर्ने रहेछ भन्ने शिक्षा दिने श्रेष्ठले बताए । व्यास-३ का वडा अध्यक्ष अनुप रानाले र्सर्टिफिकेटलाइ दराजमा थन्क्याउने नभइ जानेको कुरा व्यवहारमा उतार्ने गरी काम गर्नुपर्ने बताए । तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र श्रेष्ठले हानसँग सहकार्य गरेर अगाडि बढ्न बाणिज्य संघ तयार रहेको बताए ।
क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष जीवन शाहिको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका कानुनी सल्लाहकार कमला मोहन वाग्ले, भुपु सैनिक क्लव तनहुँका अध्यक्ष क्या. तारालाल मल्ल, प्रशिक्षक प्रवेश आचार्य, संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष बिकास खनाल, प्रथम उपाध्यक्ष चन्द्रकुमार कायस्थ, महासचिव रामचन्द्र खड्का, शंकर अधिकारी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ। २०६३ सालमा तनहुँमा स्थापना भएको होटल संघको तनहुँ जिल्ला भरि ६ वटा इकाईहरू रहेका छन्। तालिममा सबै इकाईबाट प्रतिनिधित्व हुने गरी प्रशिक्षार्थीहरू आएका र तालिममा सहभागिलाई सिटिइभिटीको प्रमाणपत्र प्रदान गरिने संघका प्रथम उपाध्यक्ष चन्द्र कायस्थले बताए ।










