व्यासले स्वमूल्याङ्कनमा ८७.५ प्रतिशत अंक पायो
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वामूल्याङ्कनमा ८७.५ प्रतिशत अंक प्राप्त गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा सम्पादित कार्यक्रमको आधारमा प्रारम्भिक नजिता तयार गर्दा उक्त अंक प्राप्त गरेको हो ।
क्षमता स्वामूल्याङ्कनमा समग्र स्थितिमा ९०.४८, प्रक्रियागत स्थितिमा ८५.२९ र परिमाणत्मक स्थितिमा ८७.७८ प्रतिशत अंक पाएको नगरपालिकाका सूचना प्रविधिक अधिकृत बिशाल पण्डितले जानकारी गराए ।
यस्तै, नगरपालिकाले शासकीय प्रवन्धमा ९४.४४ प्रतिशत, संगठन तथा प्रशासनमा ८७.५ प्रतिशत, बार्षिक बजेट तथा योजनामा व्यवस्थापनमा ९०.९१ प्रतिशत, बित्तिय एवं आर्थिकमा १०० प्रतिशत, सेवा प्रवाहमा ९३.७५ प्रतिशत र न्यायिक कार्य सम्पादनमा शतप्रतिशत नतिजा हासिल गरेको बताइएको छ ।
नगरपालिकाले भौतिक पूर्वाधारमा ८०.७७ प्रतिशत, सामाजिक समावेशीकरणमा ८५ प्रतिशत, वातावरण संरक्षण तथा बिपद् व्यवस्थापन ८८.८९ प्रतिशत र सहकार्य र समन्वयमा ३३.३३ प्रतिशत अंक प्राप्त गरेको बताइएको छ ।










