विद्यार्थीको आँखामा समस्या देखिएपछि पञ्चमुनिले दियो दुइ दिनको बिदा
भञ्ज्याङन्युज/दमौली

विद्यार्थीको आँखामा समस्य देखिएपछि जिल्लाको एक विद्यालयले दुइ दिनको लागि विद्यालय बिदा गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले अधिकांश विद्यार्थीको आँखा रातो हुने, दुख्ने, पाक्ने जस्तो रोगको संक्रमण देखिएपछि दुइ दिनको लागि विद्यालय बिदा गरेको हो ।
विद्यार्थीको आ“खामा देखिएको संक्रमणका कारण विद्यालय बिदा गरिएको विद्यालयका शिक्षक लक्ष्मण पुरीले बताए । विद्यालयले साउन २२ र २३ गते बिदा दिएको छ । ‘आँखाको समस्यका कारण आइतबार (आजमात्रै) कक्षा १० सम्मका विद्यार्थीमध्ये ३५ प्रतिशत विद्यार्थी विद्यालयमा अनुपस्थित भए’, उनले भने, ‘यस अघिपनि १९ र २० गते विद्यालय बिदा दिएका थियौं । रोग नियन्त्रणमा आउला भन्दा झनै बढेको पाएका छौं ।’
यस विद्यालयमा कक्षा १० सम्म एक हजार ४ सय जना विद्यार्थी छन् । जसमध्ये ४८६ जना विद्यार्थी आ“खामा देखिएको समस्यका कारण विद्यालय नआएका विद्यालयले जनाएको छ । पञ्चमुनीदेवमा नर्सरी देखि १२ कक्षासम्म २ हजार ४८६ जना विद्यार्थी छन् । आँखामा देखिएको समस्यका कारण हिउ“दे बिदामा कटि्ट हुने गरी कक्षा १२ सम्मै बिदा दिइएको विद्यालयले जनाएको छ ।
यस्तै, विद्यालयले विद्यार्थीको सरसफाइ, खानपिन, औषधी उपचारमा ध्यान दिन अभिभावकलाई अनुरोध गरेको छ ।










