लागुऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

दमौली : तनहुँमा सप्ताहव्यापी रुपमा विविध सचेतनामुलक कार्यक्रम गरी लागुऔषध दुरुपयोग एवं ओसारपोसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक सातासम्म सञ्चालन गरेको उक्त दिवस बिहीबार दमौलीमा प्रभातफेरी सहित समापन गरेको छ ।
सप्ताह समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले लागुऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्ध सबैले ऐक्यबद्धता जाहेर गर्नुपर्ने बताए । अधिकारीले लागुऔषधको समस्या घर–घरमा पुगिसकेको हुन सक्छ वा सम्भावना व्यापक भएकाले अभिभावक बढी सचेत हुनुपर्ने उल्लेख गरे । उनले भने, “यो समस्या समाजमा व्याप्त भएर भुसको आगो जसरी फैलिँदै गएको छ । यसमा फसेपछि हुन सक्ने क्षति वृहत हुने भएकाले यसको सचेतनाका लागि सबै सरोकारवाला निकाय सक्रिय हुनुपर्छ ।”
सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरीको सहकार्यमा विभिन्न विद्यालयमा पुगेर विद्यार्थीमाझ सचेतनामूलक कार्यक्रम गरिएको अधिकारीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही, विभिन्न कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।
देशको विकास, समृद्धि र सुशासनको बाधकका रूपमा रहेको लागुऔषध दुव्यर्सन नियन्त्रणमा सबैको भूमिका र दायित्व रहेको सहभागिले बताए । समाजमा साथीसंगतको दबाब, एकअर्काको देखासिकी, अभिभावकको निगरानीको कमी, असफलता लगायत कारणले पनि बालबालिका तथा युवायुवती लागुऔषधको सेवन गर्ने गरेकाले यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker