तनहुँको डुम्रेबजारस्थित दीपशिखा कक्षा ११ मा विज्ञान विषय पढाउने

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार स्थित दीपशिखा बन्दीपुर इङलिस बोर्डिङ स्कुलमा विज्ञान विषय लिएर अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि अध्यापन गराइने भएको छ ।

विज्ञानमा फिजिकल र बायो ग्रुप अध्यापन गराइने विद्यालयका निर्देशक संजय क्षेत्रीले बताए । करिब २५ वर्ष उच्च शिक्षा संचालनको अनुभव बटुलेका निर्देशक क्षेत्रले यस क्षेत्रका विद्यार्थीहरुलाई सहज रुपमा विज्ञान विषय पढ्ने व्यवस्थापन मिलाउने हाम्रो मुख्य उद्देश्य रेहको छ ।

निर्देशक क्षेत्रीले अध्यन गर्न चाहने विद्यार्थीहरुका सहज वातावरण बनेको हुँदा नाम दर्ता गर्नका लागि आह्वान गरिएको बताए । दीपशिखा स्कुल सन् २०१० मा स्थापना भइ सन् २०२१ मा पहिलोपटक एस.ई.ई. दिएको थियो । यस पटक तेस्रो ब्याचले एस.ई.ई दिएको संचालक अध्यक्ष विकास कुमार श्रेष्ठ बताए ।

उक्त विद्यालयमा डा. शेखर कायस्थ, अधिवक्ता चन्द्र प्रकाश भट्टराई, ईन्जिनियर तारा भट्टराई, ईन्जिनियर अनमोल पिया लगायत चौध जना विषय विज्ञ तथा सहयोगिहरु रहेको बताइएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker