तनहुँको व्यास नगरपालिकाद्वारा पत्रकारलाई बीमा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको ब्यास नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ तनहुँको समन्वयमा जिल्लाका पत्रकारको आरोग्य बीमा गरिएको छ । जिल्लामा रही सक्रिय रूपमा काम गर्दै आएका ६७ जना पत्रकारको सगरमाथा इन्सुरेन्स बीमा कम्पनी दमौलीबाट बीमा गरिएको हो । नगरपालिकाले एक पत्रकारलाई एक हजार पाँच सय ५० रुपैयाँका दरले एक लाख तीन हजार आठ सय ५० रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलले बताए । बाँकी अपुग रकम करिब तीन हजार दुइ सय रुपैयाँ महासंघ तनहुँले व्यवस्थापन गरेको छ ।

अध्यक्ष पौडेलका अनुसार कूल ६ करोड तीन लाख रुपैयाँ बराबरको बीमा गरिएको छ । एक जना पत्रकारको नौ लाख रुपैयाँका दरले बीमा गरिएको बताइएको छ । वीमा अन्तरगत सात लाख रुपैयाँ दुर्घटना बीमा र दुइ लाख रुपैयाँ स्वास्थ्य उपचारसम्बन्धी बीमा गरिएको छ ।

यस्तै, जिल्लाका पत्रकारको क्षमता वृद्धि तथा लोक कल्याणकारी विज्ञापन लगायतका क्षेत्रमा ब्यास नगरपालिकाले योगदान गर्दै आएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं जिल्लाका पूर्वअध्यक्ष प्रदीप काफ्लेले बताए ।

रिपोर्टिङको सिलसिलामा पत्रकारहरू हिँडीराख्नुपर्ने भएकाले जोखिम बहनका लागि नगरपालिकाले बीमामा सहयोग गरेको ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘पत्रकार तथा सञ्चार क्षेत्रको विकासका लागि नगरपालिका सधै सकारत्मक रहेको छ।’ नगरपालिकाले गत वर्ष एक लाख रुपैयाँको कोरोना बीमासमेत गरिदिएको थियो । उक्त बीमा पोलिसी मंगलबार नगरप्रमुख न्यौपानेले पत्रकारलाई प्रदान गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker