व्यासको साँगेखोलामा डुबेर युवकको मृत्यु

व्यास नगरपालिका-५ स्थित साँगेखोलामा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका-७ का १८ वर्षीय रुपेश वि.क. रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका वि.क.लाइ प्रहरी र स्थानीयवासीले उद्धार गरी दमौली अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । वि.क.संगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने जीवितै उद्धार गरिएको छ । उचैको अहिले दमौली अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker