आदिकवि भानुभक्त क्याम्पसका स्वरोजगार एवं रोजगार १२८ पूर्वविद्यार्थीलाई सम्मान

दमौली : तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले १२८ जना पूर्वविद्यार्थीलाई सम्मान गरेको छ। क्याम्पसको विद्यार्थी गुनासो परामर्श तथा रोजगार प्रतिस्थापना समितिले स्वारोजगार एवं रोजगार विद्यार्थीलाई शनिबार एक कार्यक्रमका बीच सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरेको हो ।
क्याम्पसका पूर्वविद्यार्थीहरुलाई सम्मान गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कक्षा कोठाबाट प्राप्त गरेको ज्ञान, सीप, योग्यता र क्षमतालाई प्रयोग गरी व्यक्तिगत जीवन तथा पेशा व्यवसायमा उत्कृष्टता हासिल गर्दै समुदाय तथा क्याम्पसका लागि स्मरणीय कार्य गर्न प्रतिबद्ध रहन आग्रह गरे ।
पूर्व विद्यार्थीहरू क्याम्पसको सुगन्ध भएको र उनीहरूले समुदायमा क्याम्पसबाट सिकेको ज्ञान, सीप, प्रक्षामतालाई प्रयोगमा ल्याउँदा क्याम्पसको इज्जत र प्रतिष्ठा समुदायसम्म पुग्ने चर्चा गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले पूर्व विद्यार्थीहरुले क्याम्पसको राजदूतको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘क्याम्पसले अपाङ्गता भएका, विपन्न, आर्थिक रूपले पिछडिएका समुदाय, दलित, जनजाति, आदिवासी र दुर्गम भेगका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको अवसर दिलाएको छ। उनीहरूको शैक्षिक उपलब्धी गौरव गर्न लायकको छ ।’
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, पूर्व विद्यार्थी एवं जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, पूर्व विद्यार्थी एवं नेपाल प्रशासनिक प्रतिष्ठान जावलाखेलका अध्ययन निर्देशक तुलसी शरण सिग्देल, पूर्व विद्यार्थी एवं कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, पूर्व विद्यार्थी एवं कालिका बहुमुखी क्याम्पस कास्कीको सञ्चालक समिति अध्यक्ष तथा नेपाल बार एसोसिएसन कास्कीका उपाध्यक्ष गिता आचार्य लगायतले क्याम्पसको इतिहास गर्व गर्न लायकको रहेको बताए । उनीहरुले क्याम्पसका पूर्व विद्यार्थी हुँदा आफूलाई गौरव लागेको र क्याम्पसले समसामयिक उच्च शिक्षाको मागलाई सम्बोधन गर्ने गरी कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा पूर्व विद्यार्थी बिमला दुराले न्यून आय भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरी क्याम्पसलाई १० हजार ५ रुपैयाँ नगद सहायता गरेकी थिइन् ।
क्याम्पसमा हरेक वर्ष करिब ३ सय विद्यार्थीहरूले तह पार गर्दै आइरहेका छन् । क्याम्पसले गरेको ट्रेसर स्टडीका अनुसार तह पार गर्ने विद्यार्थीहरूमध्ये करिब ९७ प्रतिशत विद्यार्थीहरु स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका छन् । यस क्यासपसका करिव ३ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker