व्यासको दुम्सीस्थित गौ संरक्षण केन्द्रमा बिरुवा रोपण

दमौली : सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित गौ संरक्षण केन्द्रमामा बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय तनहुँ र गौ संरक्षण केन्द्रको आयोजना, जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा गौ संरक्षण केन्द्रमा बिरुवा रोपिएको हो ।

नेपाल सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत आइतबार गौ संरक्षण केन्द्र परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

चार सय राइखनियो, कोइरालो, टाँकी, निमारोको बिरुवा रोपिएको उनले बताए । यसअघि मादी नदी तटमा एक सय गोटा बाँस र तीन हजार अम्रिसोको बिरुवा रोपण गरिएको थियो ।

बिरुवा रोपण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, डिभिजन वन अधिकृत शरद अधिकारी भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल लगायतको सहभागिता थियो । गौ संरक्षण केन्द्र संरक्षण समितिका अध्यक्ष तुलसीराम सापकोटाले रोपिएका बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker