ढोर क्षेत्रको घरदैलोमा मुक्ति

भञ्ज्याङ न्युज

नेकपा एमालेको तर्फबाट शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका मुक्ति तिम्लिसिना र उमपेयरकी उम्मेद्वार फुलमाया वाग्ले मतादाता भेट्दै गाउँ गाउँ पुग्न थालेका छन् । आइतबार एमालेको टोली घरैदलो कार्यक्रम लिएर ढोर क्षेत्रको गाउँ गाउँमा पुगेका छन् ।

आइतबार ढोर क्षेत्रको ढोरबाराही, बाझस्थला, गुर्दुम, खरबारी, पौवा, छब्दी देउराली, साँखे, बैशाखेघाट, जरेबर र लोकदीटारका मतदातालाई भेटेका हुन् । मतदाता भेट्दै अग्रजहरुको आर्शिवाद र युवाहरुको सुझाव संकलन गर्दै तिम्लिसिनाको टोली गाउँ गाउँ पुगिरहेको छ । भेटको क्रममा स्थानीयले आफ्ना गाउँ ठाउँमा भएका समस्या र आवश्यक विकास निर्माणका माग राखेका थिए ।

जनताको मागलाई सम्बोधन गर्दै मेयरका उम्मेद्वार तिम्लिसिनाले शुक्लागण्डकीमा अब नेकपा एमालेले जितेपछि विकासले फड्को मार्ने बताए । उनले रित्तिएको गाउँलाई शहर गएकाहरु फर्कने गरेर बिकास गर्ने उल्लेख गरे । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने, ग्रामिण सडक स्तरोन्नती गर्ने, खानेपानीका समस्यालाई समाधान गर्दै पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान गर्ने उद्घोष गरे ।

उपमेयरकी उम्मेद्वार वाग्लेले आमा समुह, युवा क्बललाई उत्साहजनक सहयोग गर्ने बताईन् । ग्रामिण भेगका किसानलाई सहयोग गर्ने उनको भनाई छ । घरदैलो कार्यक्रममा उम्मेद्वारसँगै शुक्लागण्डकी नगरपालिकाका प्रभावशाली एमाले नेताहरु समेत सहभागी थिए ।

एमालेका उम्मेद्वारहरुले सोमबार फिरफिरे क्षेत्रका मतदाता भेट्ने कार्यक्रम रहेको छ । घारी, लिलाचोक, जसपुर, लामागाउँ, घरेडीका जनतासँग साक्षत्कार गर्ने कार्यक्रम रहेको नेकपा एमाले निर्वाचन परिचालन कमिटी शुक्लागण्डकीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker