एमालेको स्थानीय तह अधिवेशन : तनहुँका ८५ वटै वडामा अधिवेशनको तयारी पुरा

भञ्ज्याङ न्यूज

मंसिर १० देखि १२ गतेसम्म १०औं राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले)ले यही कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन गर्ने तयारी पुरा गरेको छ । एमालेको असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनको तयारीसहित स्थानीय तहमा हुने अधिवेशनमा कायम हुने पदाधिकारी संख्या निर्धारण गरेपछि शनिबारबाट वडा तहको अधिवेशन गर्ने तयारी गरिएको हो ।

एमालेको कात्तिक ६ गते देशैभरिका छ हजार ७४५ वडा र कात्तिक ९ गते ७५३ स्थानीय तहमा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुइ रहनेछन् । गाउँ/नगरपालिका-७५, उपमहानगरपालिका-८५, महानगरपालिका-१०१ सदस्य चुनिनेछन् । एमालेले राष्ट्रिय महाधिवेशनपूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको थियो ।

पार्टीले २०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको थियो ।

यस्तै, नेकपा एमालेले तनहुँले जिल्लाका १० वटै पालिकाका ८५ वटा वडामा शनिबार अधिवेशन गर्ने तयारी पुरा गरेको छ । एमाले जिल्ला सचिवालयको विहीबार बसेको बैठकले सबै वडामा अधिवेशनको तयारी पुरा भएको र शनिबार जिल्लाका सबै वडामा एकैसाथ अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको जिल्ला अध्यक्ष केदार सिग्देलले बताए ।

‘जिल्लाको ८५ वटै वडामा अधिवेशनको आवश्यक तयारी पुरा भएको छ’, अध्यक्ष सिग्देलले भने, ‘धेरै कार्यकर्ता भएको पार्टी भएकाले आकांक्षिहरु पनि धेरै नै हुनुहुन्छ । सबैलाई यथोचित सम्बोधन गरी र्सवसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भएको छ ।’

त्यस्तै, आगामी कातिक ९ गते जिल्लाका १० वटै स्थानीय तहमा पनि अधिवेशन आयोजना गर्ने एमाले तनहुँले निर्णय गरेको छ । सबै वडामा एकै दिन अधिवेशन गर्ने निर्णय ऐतिहाँसिक र चुनौतीपूर्ण भएको भन्दै एमालेले सबै कार्यकर्तालाई अधिवेशनमा लाग्न आव्हान पनि गरेको छ । जिल्ला स्तरीय नेताहरुलाई पनि जिल्ला कार्यालयले अधिवेशनमा परिचालन गर्ने भएको छ । अधिवेशनको निर्णय भएसँगै अहिले गाउँ गाउँमा एमालेका कार्यकर्ताहरु अधिवशेनको तयारीमा जुटेका छन् । अधिवेशन स्थलको छनौटदेखि संगठित सदस्यहरुलाई निमन्त्रणा गर्न भ्याई नभ्याई भएको नेताहरुले बताएका छन् ।

जिल्ला भर विहीबारसम्म ९० प्रतिशत भन्दा बढि सदस्यता नविकरण भएको र नयाँ सदस्यहरु पनि उल्लेख्य मात्रामा थपिएको एमाले तनहुँले जनाएको छ । सदस्यता नविकरण उत्साहनजनक भईरहँदा त्यसले पार्टी फुटको कुनै असर नपर्ने सन्देश दिएको एमालेले दाबी गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker