डुम्रे–बेसीसहर सडक खण्ड ११ दिन दैनिक साढे ६ घण्टा बन्द हुने

तनहुँ : डुम्रे–बेसीसहर–चामे सडक योजना अन्तर्गत डुम्रे–बेसीसहर सडक खण्ड ११ दिनसम्म अवरुद्ध हुने भएको छ । जसकारण सोमबारदेखि उक्त सडक खण्ड दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ ।

उक्त खण्डमा रोडवे एक्स्काभेसन (सडक उत्खनन) कार्य गर्नुपर्ने भएकाले सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म रोडवे एक्साभेसन कार्य गर्नुपर्ने भएकाले सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्य प्रगतिमा सहजीकरणका लागि उक्त सडक खण्डमा सवारी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए ।

‘सडक बन्द रहने समयावधि २०८२ कात्तिक २४ गतेदेखि मंसिर ५ गतेसम्म रहनेछ’, उनले भने, ‘सो अवधिमा बिहान ६:३० देखि ९ बजेसम्म, बिहान ११ देखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि दिउँसो ४ बजेसम्म सडक अवरुद्ध हुने छ ।’

डुम्रे–बेसीसहर–चामे सडक योजना प्रमुख सिनियर डिभिजन इन्जिनियर सतिस सुवेदीका अनुसार सडकको विभन्न ठाउँमा रोडवे कार्य गर्नुपर्ने भएकाले समय मिलाएर सवारी आवागमन रोक्न लागिएको हो । डुम्रे–बेसीसहर–चामे सडक योजना प्रमुख सुवेदीले सडकको ठाउँठाउँमा मर्मत तथा फराकिलो पार्ने काम गरिनेछ । ‘केही ठाउँमा कटिङ गर्नेछौं । साँघुरो सडक फराकिलो बनाउने काम केही ठाउँमा हुनेछन्,’ उनले भने ।

उक्त अवधिमा सवारी साधनहरुले तुरतुरे–पालुङटार–खत्रीटार हुँदै विमलनगर (डुम्रेनजिक) को वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker