तनहुँको व्यासले नगर अस्पताल निर्माण गर्ने, सहकार्यका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत अपिल

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले नगर अस्पताल निर्माण कार्य अगाडि बढाउने भएको छ। कोभिड-१९ नै विभिन्न भेरियन्टमा पटक पटक दोहोरिदै आएको तथा अन्य महामारिहरुको सम्भावनालाई समेत नकार्न सक्ने कुनै आधार नभएको हुँदा नगरपालिकाले आफ्नै अस्पताल निर्माण गर्ने तयारी गर्ने निर्णय गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा विहीबार बसेको नगर कार्यपालिकाको बैठकले विगत एक वर्षेखि कोभिड-१९ को महामारीका कारण सिंगो मानव समुदायनै आक्रान्त भईरहेको यस जटिल घडिमा यस नगरपालिकामा समेत कोभिड-१९ को अधिकतम रुपमा असर देखिएको र यसको रोकथाम, नियन्त्रण एवं उपचारका लागि यस नगरपालिका मातहतमा सुविधा सम्पन्न अस्पताल हुन नसक्दा ठूलो चुनौती झेल्नुपरेको निष्कर्ष निकालेको छ ।

विगतमा नेपाल सरकारबाट अस्पतालको कोटा वितरण गर्दा यस पालिकाको प्रभाव क्षेत्र भित्र दमौली बजारमानै अस्पताल रहेका कारण यस नगरपालिका प्राथमिकतामा नपरेको साथै कोभिड-१९ नै विभिन्न भेरियन्टमा पटक पटक दोहोरिदै आएको र अन्य महामारीहरुको सम्भावनालाई समेत नकार्न सक्ने कुनै आधार नरहेको अबस्थामा नगर अस्पतालको आवश्यकता रहेको हुँदा, नेपाल सरकार, प्रदेश सरकार एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग दाताहरुलाई समेत आकर्षा गर्ने गरी तत्काल अस्पताल निर्माण गर्ने तर्फआवश्यक प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेको शाखा अधिकृत एवं प्रवक्ता मेघराज आचार्यले जानकारी गराए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयद्वारा निर्धारित मापदण्ड बमोजिम कोभिडका संक्रमितहरुले स्वास्थ्य अबस्था जटिल नभएको खण्डमा १४ दिन पश्चात स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा अपनाई सामान्य जीवनमा फर्किन मिल्ने गरी पत्राचार गरेकोमा होम आइसोलेसनमा बसी १४ दिन पार गरेका साथै सामुदायीक आइसोलेसन केन्द्र र अस्पतालहरुमा उपचार गरी फर्किएका संक्रमितहरुले सामाजिक व्यवधान व्यहोर्नु परेको गुनासो आउन थालेको भन्दै बैठकले कोभिड-१९ को संकटपूर्ण यस घडीमा आपसी सहयोग, सद्भाव एवं मानवीय व्यवहारलाई मनन् गर्दै कोभिड-१९ को विरुद्ध एकजुट भई अगाडि बढ्न सम्पूर्ण नगरबासीहरुमा अनुरोध गरेको छ ।

 

कोभिड-१९ को बिरुद्द यस नगरपालिकाद्वारा सञ्चालित अभियानमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रति थान १ लाख २७ हजार मूल्य बराबरका दुइ थान अक्सिजन कन्सन्ट्रेटर मेसीन उपलब्ध गराउने बैर्ंकर्स क्लब अफ दमौलीलाई धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै, नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको स्थानीय तहहरुको विपद् सम्बन्धी आधिकारीक रिपोर्टिङ प्रणालीमा यस स्थानीय तहको कोभिड-१९ को संकट सम्बन्धी सम्पूर्ण विवरणहरु अध्याबधिक गरी यथासमयमानै सम्बन्धित निकायहरुमा रिपोर्टिङ गर्ने कार्यका लागि सुचना प्रविधि अधिकृत विशाल पण्डितलाई बैठकले जिम्मेवारी तोकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker