दशौं आदर्शकप तथा पाँचौ तारा स्मृति कपको उपाधि कास्कीको मसिना एफसिको पोल्टामा

भञ्ज्याङ समाचारदाता/म्याग्दे

दशौँ आदर्श तथा पाँचौ तारा स्मृति कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि कास्कीको मसिना एफसीले उचालेको छ । शनिबार म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आर्दश खेलमैदानमा भएको फाइनल खेलमा मसिनाले समृद्धि युवा क्लब व्यास-७ बोटेटारलाई २-० गोल अन्तरले पराजित गरी उपाधि चुमेको हो । निकै रोमाञ्चक एवं उल्लेख्य दर्शककाबीच भएको खेलमा मसिनाले पहिलो हाफमा १ ० को अग्रता लिएको थियो ।

खेलकोे १६औं मिनेटमा जर्सी नं. ४ का खेलाडी युनिक तामाङले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा समृद्धि युवा क्लबले पनि केही राम्रा अवसरहरु खेर फालेको थियो । दोस्रो हाफको खेल अझ रोमाञ्चक बनेको थियो । दुवै टिमले शुरुवातदेखि नै गोलका लागि उत्कृष्ट अवसरहरु सिर्जना गरेको थियो ।

मसिनाको दुइ प्रहार पोष्टमा लागेर फर्किएको थियो । अन्नतः थप गरिएको २ मिनेटको इन्जुरी टाइममा मसिनाका जर्सी नं. ९ का खेलाडी क्षितिजराज जिटि उत्कृष्ट गोल गर्दै टिमको गोल अन्तर बढाउँदै जित सुनिश्चित गरे । खेलमा पहिलो गोलकर्ता युनिक तामाङ म्यान अफ दि म्याच चुनिए ।

उपाधि विजेता मसिनाले नगद एक लाखसहित ट्रफि, मेडल, प्रमाण पत्र हात पार्‍यो । उपविजेता समृद्धिले नगद ५० हजार रुपैयाँसहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्‍यो । प्रतियोगितामा मसिना एफसिका सुनिल गोतामे सर्वोत्कृष्ट खेलाडी घोषित भए । र्सवाधिक गोलकर्ताको उपाधि मसिनाकै क्षितिजराज जिटिले हात पारे ।

उत्कृष्ट डिफेन्डर मसिनाकै अनिष तामाङ र उत्कृष्ट गोलरक्षकको उपाधि समृद्धिका प्रबिन गुरुङ पाए । प्रतियोगिताका विजेता तथा उपविजेता समुह र विद्यागत उत्कृष्ट खेलाडीहरुलाई म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले युवाहरुका लागि पालिकाको पाँचै वडामा खेलमैदान बनाउने योजना भए पनि भौगोलिक अवस्थाले गर्न नसकेको बताईन् । स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको चर्चा गर्दै प्रतियोगिताहरुले स्तरीय खेलाडी उत्पादन गर्न पनि सघाउ पुर्‍याउनु पर्ने उनको जोड थियो । उनले भनिन् यहाँको खेलमैदानको स्तरोन्नति गर्ने चाहाना छ, दक्षिणतर्फको भागमा प्याराफिट राख्नु पर्ने छ ।

सवै मिलेर आँट गरौँ । अध्यक्ष रानाले खेल पुरुषको मात्र नभएर महिलामैत्री हुनु पर्ने बताइन् । महिलाहरूको पनि खेलप्रति रुचि हुने भएकाले महिलाहरु खेल्ने वातावरणको सिर्जना टोल टोलबाट सुरु गर्न आवश्यक रहेको अध्यक्ष रानाको भनाई थियो ।

गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले खेलकुद र खेलाडीले म्याग्देको पहिचान बढाएको बताए । खेलकुदको माध्यमबाट युवाहरूलाई खेलमा संलग्न गराउँदै असल र अनुशासित नागरिक बन्न प्रेरित गर्ने उनको भनाई थियो । गाउँपालिकामा बजेटको सिमितताले गर्दा सबैको आवश्यकता परिपुर्ति गर्न नसके पनि धेरै कामहरू भएको उनको दाबी थियो ।

क्लबका अध्यक्ष गौरव राज रानाले वि.सं २०६८ सालमा खसी कपको रुपमा शुरुवात भएको प्रतियोगिता सबैको सहयोग र साथले एक लाख पुरस्कार राशीको बनाउन क्लब सफल भएको भन्दै सहयोग दाताहरुलाई धन्यवाद दिए । उनले दशौँ बर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्ने जिल्लाको एक मात्र क्लब आदर्श नमुना बनेकोमा सवैसंग खुसी साटे ।

पाँचौँ बर्षसम्म आदर्श नमुना कपको रुपमा संचालन हुदै आएको प्रतियोगिता खेल मैदान निर्माणमा महत्वपुर्ण योगदान गरेका तत्कालिन नेपाली काँग्रेसका जिल्ला उपसभापति ताराराज रानाको निधनपछि उनको स्मृतिमा समेत प्रतियोगिता आयोजना हुन थालेको हो । शनिबार फाइनल खेलको अतिथिहरुले स्व. रानाको फोटोमा मार्ल्यापण गरी सम्मान् तथा सम्झना गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker