तनहुँमा सुन्तला उत्पादन घट्यो

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका-२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगैंचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो ।

गत वर्ष यो गाउँबाट रु दुइ करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताउनुभयो । उहाँले गत वर्ष रु ५५ लाखको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताउनुभयो ।

यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन् । सुन्तला पाक्ने सिजनमा बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिनुभयो । उहाँले गत वर्ष रु ३० लाखको सुन्तला बिक्री गर्नुभएको थियो । उहाँले भन्नुभयो, “यसपटक छ/सात लाखको पनि कारोवार गर्न नसक्ने देखिएको छ ।”

यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएको उहाँले बताउनुभयो । उमाचोकमा करिब ४० जना कृषकले सुन्तलाखेती गर्दै आएका छन् । केही कृषकले सुन्तला बिक्री गरेको र केही किसानको सुन्तला नपाकेका कारण बगैँचामै रहेको किसानहरु बताउँछन् ।

गतवर्ष त्यस क्षेत्रका प्रत्येक कृषकले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । यस वर्षको सुन्तला उत्पादनले उनीहरुमा निरासा छाएको बताइएको छ । जिल्लाको अन्य स्थानमा सुन्तला उत्पादन राम्रो भए पनि उमाचोक पकेट सुन्तला उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कूलप्रसाद तिवारीले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker