थानीमाई मन्दिरमा ३७ फूलको डोली चढाइयो

भानु : तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा मङ्सिरको दोस्रो मङ्गलबार ३७ फूलको डोली चढाइएको छ । तनहुँसहित विभिन्न जिल्लाबाट आएका भक्तजनले मङ्गलबार मन्दिरमा फूलको डोली चढाएर पूजाआजा गरेका हुन् ।
थानीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार यस दिन तनहुँबाट १८, गोरखाबाट ११, लमजुङबाट चार र चितवनबाट चार फूलको डोली मन्दिरमा भित्र्याइएको थियो ।
फूलको डोली चढाउने धार्मिक परम्परामा सहभागी हुन विभिन्न स्थानबाट आएका चार हजार ९३९ भक्तजनले मन्दिरमा पूजाआजा गरेका थिए ।
त्यस्तै, मङ्गलबारको पूजाआजाका लागि सोमबार राति १५१ जना भक्तजन जाग्राम बसेका थिए । उनीहरूले रातभर मन्दिरमा बत्ती बालेर पूजाआराधना गरेको अध्यक्ष थापाले जानकारी दिए । थानीमाई मन्दिरमा प्रत्येक मङ्गलबार विशेष पूजाआजा हुने गरेको छ । विशेषगरी मङ्सिर महिनामा भक्तजनको चहलपहल बढ्ने गर्दछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker