देवघाटको मधुवनलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार

देवघाट : तनहुँको देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारका लागि छनोट भएको छ ।

वन मन्त्रालयले तयार गरेको विभिन्न मापदण्डका आधारमा मधुवन सामुदायिक वनलाई दोस्रो स्थानका लागि छनोट गरेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

सरकारले प्रत्येक वर्ष वन क्षेत्रको संरक्षण र विकासमा विशेष योगदान पु¥याउने सामुदायिक वनहरूलाई सम्मान गर्दै आएको छ । यसपटक मधुवन सामुदायिक वनले आफ्नो प्रभावकारी व्यवस्थापन, वन संरक्षणमा सक्रियता र सामुदायिक सहभागिताका कारण राष्ट्रिय स्तरको पुरस्कार पाउने भएको पण्डितले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker