डुम्रे बचत तथा ऋण सहकारीको १७औं वार्षिकोत्सव
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाको विहीबार १७औं वाषिर्कोत्सव एवं नयाँ कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीको वार्षिकोत्सव तथा नयाँ कार्यालय उद्घाटन गर्दै तनहुँ जिल्ला सहकारी संघका अध्यक्ष प्रदिपराज अधिकारीले सदस्यहरुको लागि सुबिधा सम्पन्न र पारदर्शी कार्यालय निर्माण भएको र संचालक एवं समितिहरुले अझबढी विश्वासनियताका साथ काम गर्न आग्रह गरे ।
उनले सहकारीले सहकारीको ऐन नियमको पालना गर्दै आर्थिक शुसासन र सहकारीको दीगो बिकास गर्दै डुम्रे बजार क्षेत्रमा नमुना सहकारी बन्न सफल होस भन्दै शुभकामना व्यक्त गरे ।
संस्थाका अध्यक्ष राम कुमार पियाको अध्यक्षतामा आयोजित कार्यक्रममा बन्दीपुर सहकारी समन्वयन समितिका संयोजक एवं हाम्रो साकोषका अध्यक्ष पशुराम अधिकारी, मुक्तिनाथ बिकास बैंकका शाखा प्रमुख इश्वर सापकोटा, संचालक समिति सदस्य सरिता पिया लगायतले शुभकामना व्यक्त गरेका थिए ।










