तनहुँमा १५ जना नयाँ संक्रमित थपिए

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा १५ जना नयाँ कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार सार्वजनिक गरेको विवरणमा व्यास नगरपालिकाका ५, म्याग्दे गाउँपालिकाका २, शुक्लागण्डकी नगरपालिकाका ४ र अन्य ४ गरि १५ जना संक्रमित थपिएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास-१ का ४९ वर्षीय पुरुष, व्यास-४ का ५७ वर्षीया महिला र ६१ वर्षीय पुरुष, व्यास-३ का ६९ वर्षीय पुरुष र ४४ वर्षीया महिला, शुक्लागण्डकीका ४८ वर्षीया महिला र ३१ र २९ वर्षीय पुरुष र म्याग्दे-२ का ४६ वर्षीय पुरुष र म्याग्दे-६ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, लाईफ केयर डाइग्नोस्टिक प्रा.लि., पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका ३५ र ४० वर्षीय पुरुष र ५० वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।
त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको ४८ वर्षीय पुरुष र शुक्लागण्डकीका ३५ वर्षीय पुरुष रहेका छन् ।










