जनज्योति क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनको सम्भावना अध्ययन

भिमाद : तनहुँको भिमादस्थित जनज्योति क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गर्ने तयारीस्वरूप सम्भाव्यता अध्ययन गरिएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयका विज्ञ टोलीले क्याम्पसको शैक्षिक, भौतिक, प्रशासनिक तथा संस्थागत अवस्थाको अध्ययन गर्दै स्नातकोत्तर कार्यक्रम सञ्चालनका सम्भावनाबारे स्थलगत अवलोकन गरेको हो ।

अध्ययन टोलीमा व्यवस्थापन संकाय डीनको कार्यालयका प्रा.डा. ध्रुवलाल पाण्डे, डा. रोमाकान्त पाण्डे र डा. देवीलाल शर्मा सहभागी थिए । कार्यक्रममा जनज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आले, उपाध्यक्ष उमाकान्त श्रेष्ठ, सञ्चालक समितिका पदाधिकारी, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्याम्पसको स्थापना यतादेखिको संस्थागत विकास, शैक्षिक विस्तार, विद्यार्थी भर्ना, परीक्षा प्रणाली, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए), सूचना प्रविधिको प्रयोग, पुस्तकालय सेवा, वित्तीय व्यवस्थापन, प्रशासनिक प्रणाली, मानव संसाधन विकास तथा स्नातकोत्तर तह सञ्चालनका लागि गरिएका तयारीबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

उक्त अध्ययन टोलीले कक्षा कोठा, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, प्रशासनिक कार्यालय, अभिलेख व्यवस्थापन प्रणाली, विद्यार्थी सेवा केन्द्रलगायतका पूर्वाधारको अवलोकन गरेको थियो । अवलोकनका क्रममा सीमित स्रोत–साधनका बाबजुद क्याम्पसले शैक्षिक गुणस्तर अभिवृद्धि, पारदर्शी प्रशासन र समुदायसँगको सहकार्यमा उल्लेखनीय प्रगति गरेको भन्दै विज्ञहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

अन्तरक्रियाका क्रममा स्नातकोत्तर तह प्रभावकारी रूपमा सञ्चालन गर्न पूर्णकालीन प्राध्यापकको संख्या वृद्धि, मानव संसाधन व्यवस्थापन सुदृढीकरण, अनुसन्धान तथा प्रकाशन संस्कृतिको विकास, सूचना प्रविधिमा आधारित शिक्षण प्रणालीको विस्तार तथा गुणस्तर सुनिश्चितताका मापदण्डको निरन्तर कार्यान्वयनमा जोड दिइएको थियो ।

विज्ञ टोलीले आवश्यक सुधारका कार्यक्रम योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सके जनज्योति क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका लागि पर्याप्त आधार रहेको निष्कर्षसमेत दिएको छ ।

क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन हुन सके भिमाद तथा आसपासका पालिकाका विद्यार्थीले आफ्नै क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउने, शैक्षिक पहुँच विस्तार हुने, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन मिल्ने तथा भिमाद उच्च शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker