तनहुँमा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागु

भञ्ज्याङ न्यूज

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागू भएको जनाएको छ । पशु स्वस्थ नहुँदा उत्पादनमा ह्रास आउन थालेपछि यस कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो । पशुमा रोग लाग्दा १५ देखि २० प्रतिशतसम्म प्रजनन क्षमतामा कमी हुने एक अध्ययनले देखाएको हुँदा पशुलाई स्वस्थ्य राख्न विभिन्न किसिमका रोगविरुद्धको खोप दिन लागिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मानव स्वास्थ्यसँग पनि उत्तिकै सरोकार रहने र करिब ६० प्रतिशत रोग पशुबाट मानिसमा र्सर्ने भएकाले नेपाल सरकारले वातावरण, पशु र मानवबीच एक स्वास्थ्य रणनीति नै पारित गरिसकेको छ ।

जिल्लाका पाँच पालिकाका गरी डेढ लाख बढी पशुलाई विभिन्न किसिमका खोप निःशुल्क रुपमा दिइनेछ । उहाँले भन्नुभयो, “गाईभैंसीलाई खोरेतर्,चर्चरे, भ्यागुते, सुँगुरमा खोरेत, स्वाइनफिबर, बाख्रामा पीपीआर, कुकुरमा रेबिज विरुद्धको खोप दिइनेछ ।” पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको पूर्वीनाका आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिम नाकामा रहेको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा पालिएका पशुलाई खोप दिइनेछ।

पूर्ण खोप अभियानअन्तर्गत पशुमा खोप लगाउन आवश्यक मात्रामा खोप उपलब्ध भइसकेको छ । उहाँले भन्नुभयो, “महामारी फैलिएको अवस्थामा अन्य पालिकालाई पनि सहयोग गर्न सकिने क्षमता रहेको छ ।”

बन्दिपुर र व्यासको लागि कार्यक्रम गर्ने लक्ष्य रहेपनि अन्य तीन पालिका थप गरी पाँच पालिकामा पनि खोप लगाउनका लागि करिब ४५ जनशक्ति कार्यक्षेत्रमा खटाइसकिएको छ । गतवर्ष बन्दिपुर र व्यासका गरी एक लाख २४ हजार बाख्रामा पीपीआर विरुद्ध खोप लगाइएको सो कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker