तनहुँ सहित तेइस वटा इलाका प्रशासन थप गर्ने प्रस्ताव प्रशासन समितिमा

काठमाडौ : गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा २३ वटा इलाका प्रशासन कार्यालय थप्ने प्रस्ताव सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले मन्त्रिपरिषदबाट पठाइएको प्रस्तावमा आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरूबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउन प्रशासन कार्यालय थप्ने प्रस्ताव गरिएको हो ।

प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र लिन तथा अन्य कामकाजका लाागि धेरै समय खर्चेर जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यताले सेवाग्राही नागरिकहरूले हैरानी व्यहोर्नुपर्ने अवस्थालाई अन्त्य गरी सेवा प्रवाह विस्तार गर्न गृह मन्त्रालयले उद्देश्यसहित उक्त कार्य अघि बढाइएको हो ।

गृहमन्त्री रमेश लेखकले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थपमा जोड दिएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय तथा मातहतका निकायहरूको संगठन संरचना र दरबन्दी हेरफेर गर्न र नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक भएकोले गृह मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णय गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्न गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker