निर्माणाधिन विद्यालय भवन

तनहुँको भानु नगरपालिका–५ बारीफाँटस्थित नारायणी आधारभूत विद्यालयको निर्माणाधिन भवन । यूनाइटेड वर्ल्ड स्कूल नामक संस्थाको सहयोगमा निर्माणाधीन ११ कोठे पक्की भवन अन्तिम चरणमा पुर्याइएको छ । सुविधासम्पन्न शौचालय भवन तथा कक्षाकोठाका लागि विविध फर्निचरहरु (बुक कर्नरका लागि र्याक, बाल विकास केन्द्रका बालबालिकाका लागि होचो राउण्ड टेवुल, प्रत्येक कक्षाका लागि श्वेतपाटी आदि) विद्यालय परिसर भित्र निर्माण गरिने भएको छ । यस संस्थाले भानुका चार वटा विद्यालयमा विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ










