तनहुँको थर्पुमा दुई स्कुटर ठक्कर खॉदा एक जनाको मृत्यु

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मङ्गलबार राति दुई स्कुटर ठक्कर खॉदा एक जनाको मृत्यु भएको छ।

पोखराबाट दमौली तर्फ आउँदै गरेको ग २१ प ३०३६ नम्बरको स्कुटर र विपरित दिशातर्फ जॉदै गरेको गरेको गरेको ग २३ प ८००७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खॉदा ग२१प ३०३६ नम्बरका स्कुटर चालक म्याग्दे गाउँपालिका-७ बस्ने ३२ वर्षीय विजय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

दुर्घटनामा घाइते थापालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा ग २३प ८००७ नम्बरको स्कुटर चालक कास्कीको पोखरा महानगरपालिका-१७ बस्ने १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनको जिएमसी अस्पताल पोखरामा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker