तनहुँ दुग्ध व्यवसायी संघमा पौडेल चयन
भञ्ज्याङ न्यूज
तनहुँ दुग्ध ब्यबसायी संघ तनहुँको भेलाले कालिका पौडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
तनहुँ जिल्ला भरी छरिएर रहेका दुग्ध ब्यससायीलाई एकीकृत गर्दै लाने उद्देश्यका साथ तनहुँ दुग्ध ब्यबासी संघ गठन गरेको बताइएको छ ।
संघको भेलाले उपाध्यक्षमा राजेन्द्रध्वज अधिकारी, सचीवमा रमेश प्रसाद आचार्य, सहसचिवमा युबराज ढकाल, कोषाध्यक्षमा सन्तोष पौडेल, सहकोषाध्यक्षमा मधु पन्तलाई चयन गरेको छ ।
यस्तै, सदस्यहरुमार् इश्वर खनाल, अशोक तिमिल्सिना, भगवती जिसि, पन्नाराजु अधिकारी, रमेश तिमिल्सिना, भानुभक्त सोती, लक्ष्मण पाण्डे, मनु नेपाली र एक जना सदस्य पछि थप गर्ने गरी समिति गठन गरिएको सचिव आचार्यले जानकारी गराए ।









