दमौलीमा बिहानी बजार संचालनमा

भञ्ज्याङ समाचारदाता/दमौली

पोखरामा मुख्य शाखा रहेको बिहानी बजार प्रा.लिले दमौलीमा पनि शाखा बिस्तार गरेको छ । व्यास-२ स्थित भोर्लेटार चोकमा शाखा बिस्तार गरि बुधबार समुदघाटन गरिएको छ । शाखाको शुभारम्भ गर्दै व्यास नगरपालिका नगरप्रमुख बैकुण्ठ न्यौपानेले यस्ता व्यवसायहरुले आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताए । उनले भने, यस्तो खालको व्यवसायले दमौलीलाई छुटै खालको रौनक दिने छ।

पोखराको लेकसाइडमा केही समय पहिले संचालनमा आएको बिहानी बजारको यो तेस्रो शाखा हो । व्यवसायी एवम व्यास ४ कि वडा सदस्य बसुन्धरा घर्तीले दमौली शाखा संचालनमा ल्याएकी हुन् । बजारको आवस्यकता महसुस गरि संचालनमा ल्याएको घर्तीले बताइन् । स्वदेशी तथा स्थानीय उत्पादनलाई जोड दिई सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामग्री उपलब्ध गराइने संचालक डा. ढाका कुमार श्रेष्ठले बताए । ग्राहकले अनलाइन मार्फत पनि सामान अर्डर गर्न सक्ने र होम डेलिभरीको निःशुल्क सुविधा पनि रहेको श्रेष्ठले जानकारी दिए ।

पोखराको लेकसाइडबाट संचालन शुरु गरिएको बजारको छिटै नै लमजुङ लगायतका स्थानमा पनि शाखा संचालन गर्ने तयारी रहेको संचालक हरि कार्कीले बताए । थोरै नाफा कमाउने र नाफामा आएको केही रकम सामाजिक काममा खर्च गरिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker