तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दमौली

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिकस्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताए । नेकपा एकीकृत समाजवादी व्यास-११ ले शनिबार देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताए ।

तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु ।’ आफ्नै पहलमा खड्गकाली मोटरमार्ग कालोपत्र भएको बताउँदै उनले भने, ‘विकासमा कसैलाई काखापाखा गर्दिन, विकास नै मेरो मूल मन्त्र हो ।’

मन्त्री श्रेष्ठले कुनै बेला मानुङकोट चर्चित भएर आन्तरिक पर्यटकको भिड बढेको स्मरण गर्दै अब त्यो सम्भावना तनहुँसुरमा रहेको बताए । ‘रुखलाई बीचमा पारेर सडक कालोपत्र भएसँगै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यदि सडक कालोपत्रे हुन्थेन भने चौतारी र देउरालीडाँडा चर्चित हुने थिएन’, उनले बताए । मन्त्री श्रेष्ठले देउरालीडाँडामा व्यवस्थित उद्यानका लागि आवश्यक बजेट विनियोजन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू जनताको सेवक भएको बताउँदै मन्त्री श्रेष्ठले जनताको काम र सेवा गर्न राजनीति सुरु गरेको बताए । ‘म शासक होइन, सेवक हो, जनताको सेवामा सधैं समर्पित हुनेछु’, उनले भने । तनहुँ क्षेत्र नम्बर १ मा विकासको लहर आएको दाबी गर्दै मन्त्री श्रेष्ठले भानुमा रु ५० करोड र भिमादमा रु २५ करोडका योजना सञ्चालनको तयारीमा रहेको जानकारी गराए ।

नेकपा एकीकृत (समाजवादी)का केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठले स्थानीयवासी अग्रसर नभएसम्म तनहुँसुरको विकास सम्भव नहुने बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की र नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठले तनहुँसुरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।

नेकपा (माओवादी) केन्द्रका नेता एवं स्थानीयवासी ज्ञानबहादुर थापा र मदन थापाले तनहुँसुरको विकासका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसको नेतृत्व लिन पनि मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker