तनहुँको विभिन्न ७१ ठाउँमा पहिरोको उपचार

दमौली : भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जिल्लाका ७१ ठाउँमा पहिरो नियन्त्रणका लागि उपचार गरेको छ। पहिरोको जोखिम रहेका ठाउँहरुमा कार्यालयले नियन्त्रणको उपाय अपनाएको हो । कार्यालयका प्रमुख दिवाकर पौडेलले पहिरोको जोखिममा रहेका ठाउँहरुको अध्ययन पश्चात् पहिरो नियन्त्रणको काम गरिएको बताए ।

पौडेलका अनुसार ६५ स्थानमा खोला किनार संरक्षण गरिएको छ भने ११ स्थानमा सिचाइँ कुलो संरक्षण गरिएको छ । त्यस्तै १५ वटा पोखरी, तातोपानी कुण्ड र ताल संरक्षणको काम गरिएको पौडेलले बताए । सात स्थानमा पानी मुहान संरक्षण गरिएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ५० हजार पाँच सय बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरेको छ । पौडेलका अनुसार चार हजार गोटा बाँसको कल्म कटिङ बिरुवा उत्पादन, वितरण र रोपण गरिएको छ ।

पौडेलका अनुसार आँबुखैरेनी २, ३ मा खहरे खोला संरक्षण, भानु ९ मा रानीपानी खोला नियन्त्रण, शुक्लागण्डकी ११ मा सल्लाघारी पोखरी निर्माण, व्यास ४ मा बागबजार पहिरो संरक्षण तथा बायो इन्जिनियरिङ, ऋषिङ ६ मा ज्वालाखोला किनार व्यवस्थापन, बन्दीपुर ३ मा मालेबगर खेत संरक्षण, भानु ९ मा खहरेखोला तटबन्धन तथा बस्ती संरक्षण, शुक्लागण्डकी ११ मा बरखोला बिरौटा तटबन्धन, व्यास ६ मा अलैचेखोला ठकुरी बस्ती संरक्षण, शुक्लागण्डकी १२ मा अर्साङ्दी सिचाइँ कुलो संरक्षण, ऋषिङ ४ मा साठीमुरे खेत संरक्षणको काम गरिएको छ ।

यस्तै भानु ९ मा तेलकाती खोला तटबन्ध तथा बस्ती संरक्षण, भानु ९ मा धौराली गाउँ पहिरो नियन्त्रण तथा बस्ती संरक्षण, भानु ११ मा कुन्छाफाँट जितपत्र खेत संरक्षण, भानु ३ मा खित्री खोल्सी गल्छी नियन्त्रण, शुक्लागण्डकी ६ मा कुम्लेखोला बगरस्थित खोला नियन्त्रण, देवघाट ५ स्थित गलेश्वर आश्रम संरक्षण, भानु ७ स्थित महखोला नौबिसे कुलो मर्मत, शुक्लागण्डकी ११ स्थित सल्लाघारी पोखरी निर्माण, भिमाद ९ स्थित पाङ्मा पहिरो नियन्त्रण, भिमाद ३ स्थित भलाई गैह्रा जनहित मार्ग संरक्षण, घिरिङ ३ स्थित खिलाबस्ती संरक्षण, देवघाट ५ स्थित देवघाट कल्पवाल त्रिशुली पहिरो नियन्त्रण र भानु ९ स्थित काली बगैँचा खेलकुद मैदान संरक्षणको काम गरिएको पौडेलले उल्लेख गरे । पौडेलका अनुसार यी कार्यक्रमबाट दुई हजार नौ सय ६१ जना लाभान्वित भएका छन् ।

कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुबाट चार हजार चार सय २१ जनाले रोजगारी पाएका छन् । पौडेलका अनुसार गल्छी तथा पहिरो उपचारमा एक हजार सात सय ४६, खोला किनार संरक्षणमा एक हजार पाँच सय ३३, सिचाइँकुलो संरक्षणमा तीन सय ३७, पोखरी निर्माणमा सात सय ५० र आकस्मिक जल उत्पन्न प्रकोपमा ५५ जनाले रोजगारी पाएका छन् ।

कार्यालयले भू उपयोग विकास योजना तर्जुमा, पानी र सेडिमेण्ट व्यवस्थापन, प्राकृतिक प्रकोप रोकथाम, पानीजन्य विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, एकीकृत पानी स्रोत संरक्षण, भूमि उत्पादकत्व संरक्षण, पहिरोहरुको व्यवस्थापन सम्बन्धी योजना तयारी र कार्यान्वयन, विकासका पूर्वाधार संरक्षण लगायतका काम गर्दै आइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker