तनहुँका १३ जना भूमिहीनले पाए लालपुर्जा

तनहुँका १३ जना भूमिहीन भूकम्पपीडित लाजपुर्जाका मालिक बनेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराएपछि लालपुर्जा पाएका हुन् ।

विगत लामो समयदेखि भूमिहीन लाभग्राहीले पुर्जा पाएपछि खुशी भएका छन् । प्राधिकरणले भूमिहीन तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित हुन चाहने भूकम्प पीडितलाई घडेरी खरीद गर्न रु दुइ लाख उपलब्ध गराउने प्रावधान अनुरुप उपलब्ध गराएको थियो ।

लालपुर्जा खरीद गर्न रकम पाउने प्रावधानअनुसार जग्गा खरीद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार लालपुर्जा प्राप्त भइसकेपछि आवास अनुदानका लागि रु तीन लाख पाउनेछन् ।

प्राधिकरणबाट जग्गा खरीदका लागि थप रकम रु दुइ लाख लिएका लाभग्राहीले १० वर्षसम्म जमीन तथा घरलाई बिक्री गर्न नपाउने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । आफ्नो नाउँमा लालपुर्जा लिने सपना पूरा भएकामा निकै खुशी लागेको बन्दिपुर गाउँपालिका-६ धरमपानी निवासी आइतमाया भुजेल र दलमाया भुजेलले जानकारी दिनुभयो ।

५८ लाभग्राहीलाई रु ५० हजार दिइने

त्यसैगरी जिल्लामा जोखिम वर्गका ५८ लाभग्राहीलाई थप रु ५० हजार प्रदान गरिने भएको छ। भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्ष मुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रूपमा लिने गरिएको छ ।

जोखिम वर्गका रूपमा ५८ जना छनोट गरिएका र थप १५ जनाको सूचीकृत हुने क्रममा रहेको एकाइका कार्यालय प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । जोखिम वर्गकाले आवास अनुदानका लागि रु तीन लाखका अतिरिक्त थप रु ५० हजार गरी कूल रु तीन लाख ५० हजार अनुदान पाउने व्यवस्था रहेको गुप्ताले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker